काठमाडौँः भारतको बैंग्लुरुका लागि उड्ने तयारीमा रहेको नेपाल वायु सेवा निगमको जहाजमा रहेकी एक महिला यात्रु जहाज उड्नुअघि रुवावासी गर्दै ओर्लिने भनेपछि सबै यात्रुलाई ओरालेर एक घण्टा ढिलो गरी जहाज उडाइएको छ।
आरए २२५ उडानमा रहेकी ती यात्रु रोएपछि शनिबार दिउँसो २ बजे उड्नुपर्ने उक्त विमान एक घण्टा ढिलो गरिएको थियो। त्रिभुवन विमानस्थलस्थित टीडीओ कार्यालयका अनुसार महिला रुन थालेपछि जहाजमा शंकास्पद वस्तु रहेको आशंकामा सबै ११७ जना यात्रुलाई ओरालेर जहाजभित्र जाँच गरिएको थियो।
ती महिलालाई भने उडान रद्द गरी ललितपुरस्थित उनकै घर फिर्ता पठाइएको छ। उनले घरमा कोही व्यक्ति बिरामी भएकाले भारत जान नसकेको कारण दिएकी छन्। निगमले जहाजभित्र सबै जाँच गरेर एक घण्टापछि थप यात्रुलाई यात्रा गराएको हो। महिलाको यात्रा भने रद्द गराइएको टिडीओ कार्यालयले जनाएको छ।

Discussion about this post