Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

विद्यालय बिदा हुँदा गिट्टी कुट्छन् बझाङका बालबालिका

Public Dristi by Public Dristi
मार्च 10, 2023
in विशेष
7
0
5
SHARES
8
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बझाङ: जयपृथ्वी नगरपालिका–३ पडेसका रोशन विष्ट भैरवनाथ आधारभूत विद्यालयमा पढ्छन्। पाँच कक्षामा पढ्ने उनी बिदाको दिनमा जहिल्यै पुङर लेकमा पुग्छन्। दोघरी (दुईवटा घर भएको) विष्ट परिवारको अधिकांश समय पुङरमै बस्ने हो। सिँचाइका लागि अहिले पुङर लेकमा पक्की नहर निर्माणको काम भइरहेको छ।

नहरमा ज्यालादारी काम गर्न हरेक परिवारको सक्दो उपस्थिति उत्तिकै छ। परिवारमा कम सदस्य हुनेलाई बालबालिकाले सहयोग गरिरहेका छन्। विद्यालय बिदाको दिनमा कहिले बालबालिका त कहिले अभिभावक श्रममा जाने गरेको स्थानीय विनोद विष्टले बताए।

उनका अनुसार गाउँमा केही योजना आएको वेलामा घर खर्च निकाल्न सजिलो हुने भन्दै बालबालिकाको बिदाको समय कुर्नुपर्छ। ‘घरमा कम सदस्य हुनेले त वस्तुभाउलाई पानी खुवाउने मान्छे पनि पाउँदैनन्। त्यसो हुँदा काम गर्न सकिँदैन’, उनले भने। बालबालिकाको बिदाको दिनमा भने घरको काममा बाधा नहुने उनी बताउँछन्।

बिदाको दिनमा वस्तुभाउलाई घाँस, पानी खुवाउने र बाँकी समय गिट्टी कुट्ने गरेको पाँच कक्षामा अध्ययनरत विपना खड्काले बताइन्। ‘सधैँ विद्यालयमै हुन्छौँ’, उनले भनिन्, ‘आजभोलि गाउँमा कुलोको पनि योजना आएको हुँदा घरका सबै त्यतै काम गर्न जानुहुन्छ। बिदाको दिनमा हामी पनि सहयोग गर्छौँ।’

उनले घरको वस्तुभाउको घाँसपातको काम गरेर बिदाको दिनमा दैनिक एकरडेढ कट्टा गिट्टी फुटाउने गरेको बताइन्। विपनाले बिदाकै दिनमा काम गरेर यसै महिना रु एक हजार एक सय जम्मा गरेको सुनाइन्। ‘एक कट्टा गिट्टीको एक सय रूपैयाँ पर्छ। मैले त एक दिन दुई कट्टा पनि बनाएकी छु।’ विद्यालय खुलेको समय पढ्ने र बाँकी समय घरायसी काममा सहयोग गर्ने गरेको उनले बताइन्।

भैरवनाथमा ४ कक्षामा अध्ययनरत रोहन विष्ट पनि घरमा खाली बस्नुभन्दा छिमेकी दिदीसँगै गिट्टी कुट्न आएको बताउँछन्। ‘नहरको काम गर्न आमा जानुहुन्छ। म गाईवस्तुलाई घाँस पानी दिएर गिट्टी कुट्न आएको हुँ।’ गिट्टी कुटेको पैसाले घरमा नुनतेल र आफ्नो कापीकलम किन्ने गरेको उनले बताए।

नहरमा मात्रै होइन, हरेक कामका लागि पनि ठूला मान्छे (उमेर पुगेका) लाई मात्रै लगाइन्छ। रोहन भन्छन्, ‘हामी सानो मान्छेलाई काम गर्न गए पनि पैसा दिँदैनन्। त्यसैले जाँदैनौँ। बरू एक कट्टा गिट्टी कुटे त्यसको पैसा आउँछ।’ नहरमा काम गर्दै गरेका भरत विष्टले पनि परिवारमा बालबालिका हुँदा निकै सहयोग हुने गरेको बताए। ‘बालबालिकालाई श्रम सिकाउन पनि काममा लगाउनैपर्छ। चाहे त्यसले जति ठूलो सानो काम गरोस्। नत्र उसले केही सिक्दैन’, उनले भने।

भरतका अनुसार कामका लागि भनेर बालबालिकालाई विद्यालयको समयमा छुटाउने होइन। गृहकार्यमा पनि आफूले सघाउने हो। ‘बालबालिकालाई श्रम, श्रमको महत्त्व, पारिवारिक स्थिति, भविष्यमा आइपर्ने हरेक समस्याको बारेमा जानकारी दिइरहनुपर्छ’, भरत भन्छन्, ‘अहिले कतिपय युवायुवतीलाई नै सामान्य घरायसी काम गर्न आउँदैन। खाना पकाउन आउँदैन। पानी पँधेराको काम आउँदैन। हाम्रा बालबालिकाहरूले त अहिले नै सिकिसके।’

भरतले बालबालिकाको भविष्यमा जति बेलामा पनि काम लाग्ने, आफूलाई पनि सहयोग मिल्ने भन्दै श्रम सिकाएको बताए। ‘भोलि सबैले सरकारी जागिर खान्छन् भन्ने पनि हुँदैन, सबैलाई पुग्ने हाम्रो देशमा जागिर पनि छैन’, उनले भने ‘त्यसैले जुनसुकै सीप सिकाउँदा पनि काम लाग्छ। भोलि उसले गरोस् या नगरोस्। आइपरेमा गरेर खान सक्छ। भोको बस्नु त पर्दैन। काम जे सिके पनि खण (खेर) जाँदैन।

Previous Post

बाजुरामा १७ वर्षीया सुत्केरीको मृत्यु

Next Post

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

Next Post

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal