Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कर्णाली नदीमा बेपत्ता भई शव प्राप्त भएका ४ जनाको जिल्ला अस्पताल अछाममा पोष्टमार्टम

Public Dristi by Public Dristi
मार्च 10, 2021
in स्थानीय
21
0
16
SHARES
26
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

टेकराज भण्डारी अछाम । कर्णाली नदीमा बेपत्ता भई शव प्राप्त भएका ४ जनाको जिल्ला अस्पताल अछाममा पोष्टमार्टम गरी शव आफन्तलाई बुझाइएको छ । मङ्गलवार बेलुकी अछाम अस्पताल पुर्‍याइएका शवको आज पोष्टमार्टम गरिएको हो ।

दैलेख आठबीस नगरपालिका वडा नम्बर ३ निमायलकी ३८ वर्षीया सुकी बडुवाल, उहाँकी छोरी १४ बर्षिया कल्पना बडुवाल, १२ बर्षिया सरिता बडुवाल, ८ बर्षिय छोरा ललित बडुवालको जिल्ला अस्पताल अछाममा पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

आमा सुकी सहित एकै घरका पाँच जनाले गत आइतबार बेलुका करिब ६ बजेतिर दैलेखको बान्नेभीर भन्ने ठाउँबाट कर्णाली नदीमा हाम फालेका थिए । जसमध्ये ५ वर्षीया छोरी रजनी बडुवालको खोजी कार्य भइरहेको छ ।बेपत्ता आमा सुकी र उहाँका छोरा ८ वर्षीय ललितको शव मङ्गलवार दिउसो १२ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ बेलखेतमा भेटिएको थियो भने कल्पना र सरिताको शव सोमबार दिउँसो सोही ठाउँ नजिकै भेटिएपछि पोष्टमार्टमका लागि अछाम अस्पताल ल्याइएको थियो ।

आइतबार घरबाट करिब ४ बजे निस्केकी सुकी सहित उहाँका छोराछोरी करिब २ घण्टाको पैदल दुरीपछि कर्णाली किनारमा पुगेका थिए । उनीहरूले एक आपसमा लुगाले बाँधेर हाम फालेको बुझिएको छ । ठुला दुई छोरीलाई सँगै बाँधेको अवस्थामा भेटिएको र सानी छोरी काखमा च्यापेर र छोरालाई सुकिले पिठ्युँमा बाँधेर हाम फालेको पाइएको उद्धारमा संलग्न मृतक सुकिका भतिजा जनक बहादुर भण्डारीले जानकारी दिनुभयो ।छोरालाई पिठ्युँमा बाँधेकाले आमासँगै भेटिएका र काखमा लिएकी छोरी फुत्केको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र प्रारम्भिक अवस्था हेर्दा घरायसी विवादले हाम फालेको हुनसक्ने अनुमान गरिएको छ । छोराको खल्तीमा चाउचाउ समेत भेटिएको छ ।मृतक सुकीका श्रीमान् मानसिंह बडुवाल केही महिना अघि भारतबाट आएका थिए । उनलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिनुभयो ।छोरालाई नेपालगन्ज पढाउने योजना सहित उनी करिब एक वर्षपछि भारतबाट आएका समेत आफन्तले जनाएका छन् ।

नदीमा हाम फालेको ठाउँ नजिकै उनीहरूका चप्पल भेटिएका र थप बुझ्दै जाँदा उनीहरू नै भएको पाइएको सबैभन्दा पहिले घटनास्थल पुग्नुभएका मृतकका भतिजा जनक बहादुर भण्डारीको भनाई छ । हाम फालेको करिब १ सय मिटरमा माछा मार्न थापिएको झरेउलोमा सोमबार दुई छोरीलाई भेटाइएको र त्यही ठाउँ नजिकै आमा र छोरालाई भेटाइएको थियो ।पोष्टमार्टम गरिएका शव मृतक सुकीका भतिजा प्रयाग बडुवाल र कमल थापाको जिम्मा लगाई बुझाइएको प्रहरीले जनाएको छ । रेडियो नेपाल

Previous Post

एमाले सुदूरपश्चिम प्रदेश पार्टी को घटनापछि प्रहरीले एक जना नेतालाई नियन्त्रणमा

Next Post

बार्सिलोना बाहिरियो, पीएसजी क्वाटरफाइनलमा

Next Post

बार्सिलोना बाहिरियो, पीएसजी क्वाटरफाइनलमा

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal