Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

शुक्लाफाँटा निकुञ्जका बँदेलमा स्वाइन फिभर, बँदेल ‘सखाप’ हुने खतरा

Public Dristi by Public Dristi
मार्च 9, 2023
in प्रदेश
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः शुक्लाफाँटा राष्ट्रिय निकुञ्चका बँदेलमा अफ्रिकन स्वाइन फिभर देखा परेको छ। शुक्लाफाँटामा मृत बँदेलमा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको हो। यसअघि गत कात्तिक र माघमा कैलाली र बञ्चनपुरका केही बँगुर फार्ममा देखा परेको यो रोग अहिले भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका बँदेलमा देखा परेको हो।

गत कात्तिकमा पहिलो पटक कैलाली र कञ्चनपुरका बङ्गुर फार्ममा बङ्गुर, सुँगुर र बँदेलमा देखिने अफ्रिकन स्वाइन फिभरको प्रकोप देखा परेको थियो। गत कात्तिकमा कैलालीको भजनीमा देखा परेको यो रोग माघ महिनामा धनगढी उपमहानगरपालिका १३, गौरीगङ्गा, र कैलारी गाउँपालिकामा र कञ्चनपुरको वेदकोट र कृष्णपुर नगरपालिकामा देखा परेको थियो।

तर, अहिले भने यो रोग जङ्गली बँदेलमा पनि देखिएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मरेको बँदेलमा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वार्डेन किशोर मेहताले बताए। ‘फागुन १९ गते निकुञ्जमा बँदेल मरेको फेला पर्यो र परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको छ,’ उनले भने, ‘धनगढीको प्रयोगशालाबाट डाक्टर बोलाएर परीक्षण गरिएको हो।’

गत कात्तिक १५ गते कैलालीको भजनीमा पहिलोपटक बंगुर, सुँगुर र बँदेलहरूमा भाइरसबाट लाग्ने महामारी रोग अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भएको थियो। कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ को बडिमालिका बंगुर फर्मका बंगुरहरुमा अफ्रिकन स्वाइन फिभर यो पटक शुक्लाफाँटाका बँदेलमा फैलिएको आशंका गरिएको छ।
नेपालमै पहिलो पटकमा बदेलमा संक्रमण
बँदेलमा यो रोग पुष्टि हुनुले राष्ट्रिय निकुञ्जका बँदेल सखाप हुने चिन्ता गरिएको छ। पशुपन्छि रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेशप्रसाद जोशीले नेपालमा पहिलो पटक शुक्लाफाँटा राष्ट्रीय निकुञ्जका बँदेलमा अफ्रिकन स्वाइन फिभर देखा परेको बताए।

‘नेपालमा पहिलो पटक बँदेलमा शुक्लाफाँटामा अफ्रिकन स्वाइन फिभर देखा परेको छ,’ उनले भने, ‘अहिलेसम्म चितवन, बर्दिया र शुक्लाफाँटामा यो रोग देखा परेको थिएन।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन १९ गते मरेको फेला परेको बँदेलमा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको हो। त्यसपछि भने आजको मितिसम्म निकुञ्जमा बँदेल मरेको फेला नपरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ।
स्वाइन फिभर रोगका लक्षण
अफ्रिकन स्वाइन फिभर रोग लागेमा सुँगुर र बंगुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निलडामहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेका धब्बा देखिने र नाकबाट फिंज आउनेजस्ता लक्षणहरू देखा पर्ने हुन्छ। बंगुर, सुँगुर र बंदेलहरू अफ्रिकन स्वाइन फिभरका कारण झोक्राउने र दाना–पानी खान छोड्ने, ज्वरो १०४ डिग्री फरेनहाइट्भन्दा माथि आउने, श्वास फेर्न गाह्रो हुने, दिसामा रगत देखिने र एकै पटकमा सबै बंगुर, सुँगुर र बँदेल मर्न सक्ने हुन्छन्।

यो रोगको औषधि र खोप पत्ता लागेको छैन। घरपालुवा किसानले जैविक सुरक्षा विधि अपनाएर आफ्नो खोरमा पालिएका बङ्गुरलाई संक्रमण हुनबाट जोगाउन सकिने भए पनि जङ्गली बँदेलमा अफ्रिकन स्वाइन फिभर फैलिए बँदेल प्रजाति नै सखाप हुने सम्भावना रहेको भन्दै पशु चिकित्सकले चिन्ता व्यक्त गरेका छन्।

Previous Post

पीएनजीलाई ५२ रनले पछार्दै नेपालको सानदार जित

Next Post

गठबन्धनबाट उपराष्ट्रपतिमा जसपाका नेता रामसहाय उठ्ने

Next Post

गठबन्धनबाट उपराष्ट्रपतिमा जसपाका नेता रामसहाय उठ्ने

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal