काठमाडौंः दीपक अधिकारीले १६ औं एसियन क्रस कन्ट्रीमा ऐतिहासिक स्वर्ण जितेका छन्।
गोकर्ण फरेस्टमा भएको च्याम्पियनसिपको सिनियर पुरुष १० किलोमिटरमा दिपकले स्वर्ण जितेका हुन्। नेपालले पहिलो पटक क्रस कन्ट्रीमा स्वर्ण जितेको हो। १३ औं दक्षिण एसियाली खेलकुदका कास्य पदक विजेता तथा नवौं राष्ट्रिय खेलकुदका स्वर्णधारी दीपकले ३३ मिनेट ५२.०७० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेका हुन्।
यस्तै जापानका डाइची कामिनोले ३३ मिनेट ५२.०८५ मा दौड पूरा गरेर रजत पदक प्राप्त गरे। नेपालकै मुकेशबहादुर पाल ३४ मिनेट ३२.६३५ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जितेका छन्। सिनियर पुरुष टिम इभेन्टमा पनि नेपालले स्वर्ण जितेको छ। दीपक, मुकेशसँगै दिपक सुहाङ नेपालका लागि टिममा स्वर्ण दिलाए।
यस इभेन्टमा इरानले रजत र भारतले कास्य पदक जितेको छ।


Discussion about this post