Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

राष्ट्रपति निर्वाचनको आज राति १२ बजेबाट मौनअवधि सुरु

Public Dristi by Public Dristi
मार्च 6, 2023
in राजनीति
7
0
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौंः फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनको सोमबार (आज) राति १२ बजेदेखि मौनअवधि सुरु हुँदैछ।

राष्ट्रपतिका उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई १० दलको समर्थन छ। नेपाली कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा, नेसपा र आम जनता पार्टी गरी १० दल संस्थागत रुपमा पौडेलको पक्षमा उभिएको अवस्था छ। यता एमालेले पौडलविरुद्ध पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मैदानमा पठाएको छ।

नेम्वाङलाई मौनअवधिसम्म एमाले बाहेकका दलको समर्थन छैन। पाँच दलले भने राष्ट्रपतिका दुई उम्मेदवार पौडेल र नेम्वाङमध्ये कसलाई मत दिने भनेर कित्ता क्लियर नगरेको अवस्था छ। राप्रपा, रास्वपा, नेमकिपा, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले राष्ट्रपतिमा कसलाई मत दिन्छन् भन्ने प्रस्ट भएको छैन। राजसंस्थाको वकालत गर्ने राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने मत जबरजस्त देखिन्छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचनमा भाग लिनुपर्ने पक्षमा छन् भने वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायत विपक्षमा छन्। नेम्वाङले बिहीबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराही पुगेर अध्यक्ष राजेन्द्र लिङ्देनसँग मत मागेका थिए। राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा फागुन २४ गते निर्णय लिने राप्रपाको जवाफ थियो।

यता कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपालाई खासै महत्त्व दिएको देखिँदैन। कांग्रेस सभापति शेरबहादुर देउवाले भने औपचारिकताका लागि राप्रपाका अध्यक्ष लिङदेनलाई पत्र पठाएका थिए। यस्तै संघीय संसदको चौथो ठूलो दल रास्वपाले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भनेर निर्णय गरेको छैन। तर रास्वपा पुनः सरकारमा सहभागी हुने तयारीमा छ । रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले राष्ट्रपतिबारे विभिन्न विकल्पमा छलफल भइरहेको बताए।

राष्ट्रपति निर्वाचनमा प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका ८ सय ८१ सांसद मतदाता छन्। संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यहरु गरी राष्ट्रपति निर्वाचनका लागि ८८१ सांसदको नामावली मतदाता सूचीमा सार्वजनिक भएको छ। उनीहरुको मतभार ५२ हजार ६ सय २८ छ। त्यसको पचास प्रतिशत मत कटाउने उम्मेदवार निर्वाचित हुन्छन्। त्यसैले निर्वाचित हुनका लागि न्यूनतम २६ हजार ३ सय १५ मत आवश्यक पर्छ।

गठबन्धनको पक्षमा रहेका सांसदहरुको मतभार ३२ हजारभन्दा बढी हुन्छ। चुनावको दिनसम्म यो गठबन्धन नभत्केमा राष्ट्रपतिमा पौडेलको जित निश्चित छ।

Previous Post

पञ्देवल बिनायक नगरपालिकामा होली पर्व धूमधामका साथ मानाइने !!

Next Post

राष्ट्रपति निर्वाचन : आजदेखि प्रचारप्रसारमा निषेध

Next Post

राष्ट्रपति निर्वाचन : आजदेखि प्रचारप्रसारमा निषेध

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal