काठमाडौं: परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसार नियमित, ग्रेडबृद्धि एवं आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको हो।
२६ वैशाख २०८० देखि सुरु हुने परीक्षा ५ जेठमा सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ। परीक्षा तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीको लागि पुनः अर्को व्यवस्था नगरिएको बोर्डले जनाएको छ। कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित हुनेछैन।


Discussion about this post