धनगढीः कैलालीमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
जिल्लाको गोदावरी नगरपालिका वडानम्बर ६ लालपुरमा से १ क २०४१ नम्बरको स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो। ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा ६५ वर्षीया बाचु बटै आलेको मृत्यु भएको छ। महिलाको मृत्युपछि पूर्व पश्चिम राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन्। बस अत्तरियाको साइपाल बोडिङ्ग स्कुलको हो।


Discussion about this post