धनगढी: अस्ट्रेलियामा नेपाल फेष्टिवल वर्ष २०२२ सम्पन्न भएको छ। अस्ट्रेलियामा नेपालको कला सस्कृतीलाई देखाउने उद्देश्यले नेपाल फेष्टिवल वर्ष २०२२ पर्थ सिटीको फोस चेसमा सम्पन भएको हो।
३० ओटा स्टल रहेको फेष्टिवलमा मुख्य आकर्षण मानव निर्मित सगरमाथा, धरहरा, गोरखा हाउस र नेपाल हाउस रहेका थिए। त्यस्तै नेपालका शेर्पा, गुरुङ, नेवार, थारु, मधेशी लगायत विभिन्न जातजातीका पहिरन सहितको सास्कृतीक प्रस्तुती रहेको रहेको थियो।
यसैगरी उक्त कार्यक्रममा सुदूरपश्चिम समाजको तर्फवाट सिद्धराज पनेरुले ठाडीभाकामा गित पनि प्रस्तुत गरेका थिए।उक्त कार्यक्रममा सुदूरपश्चिम समाजको सामूहिक डेउडा पनि रहेकाे थियो।


Discussion about this post