Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सुदूरका प्राकृतिक सम्पदामा पर्यटक भित्र्याउन सके बिकास सम्भवः मुख्यमन्त्री शाह

Public Dristi by Public Dristi
मार्च 2, 2023
in राजनीति
3
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढी: सुदूरपश्चिमका प्राकृतिक सम्पदा र निकुञ्जहरुको अवलोकनको द्वार खोलेर पर्यटक भित्र्याउन सके पर्यटन बिकासका माध्यम बाट प्रदेशको बिकास गर्न सकिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बताएका छन्।


शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्जको दोस्रो प्रवेश द्वारको उद्घाटन गर्न बुधबार कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलडाँडी पुगेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले भने ‘शुक्लाफाँटाका वन्यजन्तु र वन सम्पदाको अवलोकनका लागि पर्यटकका लागि सहज यो स्थानमा आन्तरिक र बाह्य पर्यटन भित्र्याउन सकिए समग्र प्रदेशमा पर्यटन बिकास हुने भएकाले प्रदेश सरकारबाट पहल गरिनेछ।’


बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाको पहलमा पर्यटकका लागि खोलिएको शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्ज अवलोकन ट्र्याक मार्गको उद्घाटनका क्रममा मुख्यमन्त्री शाहले भने ‘शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्जका वन्यजन्तुको अवलोकन गर्न कैलाली देखि छोटो दुरीमा रहेको यो क्षेत्रमा खुलेको प्रवेश मार्गले यस क्षेत्रकै मात्र नभएर समग्र प्रदेशको बिकासमा सहायक हुनेछ।’


प्रदेशको राजधानी धनगढी देखि करिब ४५ किमिको दुरीमा अबस्थित बेलडाँडी मार्गबाट शुक्लाफाँटाको अवलोकनको अबसर जुटाउन पहल कदमी गर्ने गाउँ पालिकाका जनप्रतिनिधि धन्यवादका पात्र रहेको मुख्य मन्त्री शाहले बताए। यसअघि शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्ज अवलोकनको प्रवेश द्वार भिमदत्त नगरपालिका स्थित मझगाउँमा मात्र रहेको थियो।


निकुञ्ज प्रवेशको लागि पुर्वी दक्षिणी क्षेत्रको बेलडाँडीबाट प्रवेश द्वार खोलिए पछि निकुञ्जमा पर्यटकहरुका लागि सहज बनेको छ। सुदूरपश्चिमको पर्यटकीय गन्तब्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि धनगढीदेखि छोटो दुरीमा रहेको बेलडाँडी प्रवेश द्वारको उद्घाटन बाट कञ्चनपुरका चारवटा पालिका लाभान्वित हुने भएका छन्।

Previous Post

आजबाट घोडाघोडी महोत्सव सुरु 

Next Post

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

Next Post

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal