Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

यूवा तथा बिद्यार्थी वनजंगल संरक्षणमा सकृय

Public Dristi by Public Dristi
मार्च 1, 2021
in समाज
45
0
35
SHARES
56
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम । जिल्लाको पुर्बी भेग पञ्चदेवल विनायक नगरपालिकामा जनजागरण यूवा क्लब लयाँटीले वनसंरक्षणलाई मुख्य प्राथमिकतामा राखी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीमा गठित सामाजिक न्यायको नारा बोकेको जनजागरण यूवा क्लबद्वारा संरक्षणका लागि अन्तरक्रिया, वनजंगलको महत्त्वको बिषयमा जनचेतना फैलाउने लगायतका क्रियाकलापमा यूवाहरु सकृय हुन थालेका छन ।

पछिल्लो समय अछाम जिल्लाका सामुदायिक वनहरुमा जथाभावी र मनपरि ढंगले हरियो काठ दाउरा काटि अवैध रुपमा काठ ओसार पसार भइरहेको छ ।

सो कुरा लाई मध्यनजर गर्दै जनजागरण यूवा क्लबका अध्यक्ष दिनेश केशीको नेतृत्वमा बिद्यार्थी युनियन , बाल सञ्जालका पदाधिकारी लगायतको सहभागीतामा फाल्गुन १६ गते आइतबार वनजंगल हेरफेर तथा जंगल भित्र जथाभावी काठ दाउरा काट्ने ब्यक्तिहरुलाई सचेतता जगाउने कार्यलाई निरन्तरता दिइएको छ ।

यूवा क्लबको साझा प्रयास र पहलमा वन कार्यालय पञ्चदेवल विनायक नगरपालिकाका सहायक वन अधिकृत चन्द्रकान्त उपाध्याय र वन रक्षक धर्म सिजापतीले कालिकादेवि सामुदायिक वनको निरीक्षण समेत गरेका हुन ।

अनुगमन पश्चात अधिकृत उपाध्यायले यसरी जथाभावी रुख काट्ने जोसुकै ब्यक्तिलाई वन ऐन अनुसार कडा भन्दा कडा कार्वाही गर्न यूवा समितिलाई निर्देशन दिए ।

हाल कालिकादेवि सामुदायिक वन संरक्षण समिति निस्कृय अवस्थामा रहेको हुँदा तत्काल उक्त समिति सकृय रुपमा नलागे डिभिजन वन कार्यालयमा उजुरी दिई कडा कार्वाहीको भागेदार बनाउने समेत चेतावनी दिए ।

कुनै एक ब्यक्तिको सम्पत्ति नभई सबैको साझा सम्पति वनजंगल भएकाले संरक्षण समिति निस्कृय नहुँन र वनजंगलमा मनपरि नगर्न समेत उक्त समितिलाई उनले आग्रह गरेका छन ।

वन जंगल संरक्षणका लागि बिशेष गरि यूवा तथा बिद्यार्थीहरुले खेलेको भुमिका प्रति आभारी हुँदै उनले आगामी दिनमा यस्ता अभियानलाई निरन्तरता दिई हरियो वन नेपालको धन भन्ने नारालाई सफल पार्न जंगल संरक्षण अत्ति आवश्यक रहेको सहाय वन अधिकृत उपाध्यायले बताए ।

देशका घना र समृद्ध पुराना वन(जङ्गलहरू मासिँदै गइरहेको बर्तमान अवस्थामा कतिपय ठाउँहरुमा यूवाहरुले संरक्षणको प्रयास गरिरहँदा अछामको पञ्चदेवल विनायक नगरपालिकामा पनि यूवाहरु सकृय भएको देखिन्छ । यूवाहरुको यो सकृयतालाई यहाँका सम्बन्धित स्थानीय तहहरुले बुझिदिन आवश्यक देखिन्छ।सुदूर आज बाट साभार

Previous Post

बनाईएको शालिक भत्काएर यहाँ गमला राखिन्छ-बिरजित बोहरा

Next Post

२०७७ फागुन १८ गते, मंगलवार आजको राशिफल

Next Post

२०७७ फागुन १८ गते, मंगलवार आजको राशिफल

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal