Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

उपेन्द्र यादव उपनिर्वाचनको तयारीमा

Public Dristi by Public Dristi
फेब्रुअरी 28, 2023
in राजनीति
7
0
5
SHARES
8
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौँः गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमा उम्मेदवार हुने तयारीमा छन्।


उनी बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने योजनामा रहेको बताइन्छ। बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जसपा नेपालका रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर अध्यक्ष यादवले सो क्षेत्रबाट उपनिर्वाचनमा आफू उम्मेदवार बन्ने तयारी गरेको स्रोत बताउँछ।


अध्यक्ष यादव सप्तरी–२ बाट चुनाव हारेका हुन्। उनी जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएका थिए। आठ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने निश्चित भएपछि उपेन्द्र यादव जनकपुर पुगेर त्यहाँका नेताहरूसँग यस विषयमा छलफल गरेका छन्। उनले नेताहरूलाई आन्तरिक रूपमा सो क्षेत्रको वस्तुस्थिति बुझ्न लगाइसकेका छन्।


नेताहरू बारा गएर आन्तरिक रूपमा त्यहाँको वस्तुस्थितिको अध्ययन गर्न थालेका छन्।जनकपुरबाट बारा–२ मा पुगेका जसपाका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले अध्यक्ष उपेन्द्र यादवलाई स्वागत गर्न बाराका जनता आतुर रहेको बताए। विगतमा अध्यक्ष उपेन्द्र यादवको स्वकीय सचिवको रूपमा काम गरिसकेका नेता योगेन्द्र राय यादव बारा–२ को वस्तुस्थिति बुझ्न सोमबार नै त्यहाँ पुगेका हुन्।


विभिन्न व्यक्तिलाई भेट्दै उनले क्षेत्रको अवस्थाबारे अध्ययन गरिरहेका छन् । सो क्षेत्रका सांसद रामसहाय यादव उपराष्ट्रपति बनेपछि प्रतिनिधिसभा सदस्यमा रिक्त हुने सिटका लागि उपनिर्वाचन गराउनुपर्ने हुन्छ। उपचुनावमा पार्टीका अध्यक्ष उपेन्द्र यादव नै उम्मेदवार बन्ने चर्चा जिल्लाभर फैलिएको बताउँदै उनले अध्यक्ष यादव बारा–२ बाट चुनाव लडेको अवस्थामा अत्यधिक मतले जिताएर पठाउने दाबी गरे।

Previous Post

नेपाली कांग्रेसका महामन्त्री थापाले गरे प्रचण्डको प्रशंसा

Next Post

बैंकको ब्याज घट्नुपर्ने माग गर्दै डडेलधुराका पसल बन्द

Next Post

बैंकको ब्याज घट्नुपर्ने माग गर्दै डडेलधुराका पसल बन्द

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal