Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

राजाराम अंकलको सफलताको कथा ग्रामीण भेगको टिनमुनि खुलेको चेतना होटल

Public Dristi by Public Dristi
फेब्रुअरी 27, 2025
in समाज, साामााजिक
280
0
218
SHARES
352
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

राजाराम अंकलको सफलताको कथा ग्रामीण भेगको टिनमुनि खुलेको चेतना होटल

राजाराम अंकलको जीवन सधैं सहज थिएन। उनी सानै उमेरदेखि संघर्षशील थिए। गाउँ देखि भारतको बनारसमा रोजगारीको लागि हिडेका थिए ।उहाको सपना ठूलो थियो, तर परिस्थितिले साथ दिएन।

परिवारको अवस्था कमजोर थियो, त्यसैले उनले केही वर्ष भारतको सहरमा सानोतिनो काम गरेर गुजारा चलाए। तर, बिदेशको भीडभाड र अस्थिर जीवनशैली उनलाई मन परेन।

गाउँ फर्किएर व्यवसाय सुरू

५८ बर्षिय राजराम भाट मंगलसेन नगरपालिका वडा नं ५ का सामन्य परिवारका सदस्य हुन ।
जौमती भाटका ३ छोरा मध्यका जेठा भाइ हुन राजाराम भाट । १४ बर्ष भारत बसेका राजाराम भाटले ६ बर्ष होटलमा काम गरेका हुन भने ८ बर्ष चौकिदारीको काम गरेका थिए ।

काम गरेको धेरै भैसकेको थियो एक दिन मन मनै सोच्न थाले उनले निर्णय गरे—जहाँ जन्मिएको छु, त्यहीँ केही गरौं त्यसपछि उनी आफ्नो गाउँ फर्किए, जहाँ खासै रोजगारको अवसर थिएन।

राजराम ले एउटा निधो गरे आफ्नै गाउँ नजिकै रहेको कर्णाली गेष्ट हाउस मा काम गर्न थाले
धेरैले उनलाई गाउँमा के गर्छौ ररुू भनेर हतोत्साहित गरे, तर उनी दृढ थिए।

त्यसपछि उनले निधो गरिहाले आफू जन्मेको गाउँ जिल्लाकै सदरमुकाम थियो।

मंगलसेन नगरपालिकाको बजारमा उनले बाटो छेउमा एउटा सानो होटल खोल्ने निर्णय गरे। तर, समस्या थियो— लगानी बैंकबाट सानो ऋण लिएर, काठे टेबुल, केही कुर्सीहरू, स्टोभ, र सानो टिनको छाना भएको घर बनाए।

त्यही सानो होटल थियो— राजारामको चेतना होटल अहिले धेरैलाई पाठ सिकाईरहेको होटल बनेको छ। १ छोरी २छोरा रहेका राजारामको साथमै उनकी ६० बर्षिय श्रीमती ले उनलाई साथ दिईरहेकी छन ।


होटल व्यावसायि बाट उनले अहिले १ छोरा ओभरसियर पढाई रहेका छन छोरी कक्षा १२मा अध्यन गरिरहेका छन।

स्वादिलो परिकार र इमानदारीको ब्रान्ड

राजाराम अंकलको होटलमा खास कुराके थियो भने घरको झैं स्वादिलो खाना। उनले लोकल कुखुराको झोल, ढिँडो, सादा दाल-भात, गुन्द्रुक, ढकनीमा पकाइएका मीठा परिकारहरू बनाएर धेरैको मन जितेका राजराम अंकल अहिले मासिक ५० हजार आम्दानी गरिरहेका छन ।

तर, उनको सफलताको अर्को रहस्य थियो— इमानदारी। उनले कहिल्यै पुरानो तेल प्रयोग गरेनन्, नकली मसला राखेनन्, र ग्राहकलाई सधैं सफा र स्वादिलो खाना दिए।

ग्रामीण क्षेत्रमै सफलता

केही महिनामै गाउँमा उनको होटल चर्चित बन्यो। बाटो हिँड्ने गाडीहरू, टाढा(टाढाका मानिसहरू उनको होटलमा खान आउन थाले। गाउँका युवा पनि उनलाई प्रेरणाको रूपमा हेर्न थाले। आज, राजाराम मीठो भान्साू एउटा सानो होटलबाट सफल र चिनिएको खाना घर बनेको छ।

राजाराम अंकलको सफलताको सन्देश

राजाराम अंकल भन्छन्—सहर जानुपर्छ भन्ने छैन, सफलता जहाँ पनि सम्भव छ, इमानदारी र मिहिनेतले काम गरे सफलता अवश्य पाइन्छ।

यो सफलताको कथा राजाराम भाटको हो। यस्ता उदाहरणहरू नेपालका ग्रामीण भेगहरूमा धेरै पाइन्छन्। सही सोच, इमानदार मिहिनेत, र ग्राहकलाई राम्रो सेवा दिन सक्ने हो भने टिनमुनिको सानो होटल पनि सफलताको ढोका बन्न सक्छ धन्यवाद 🙏

Previous Post

साँफेबगर नगरपालिकाका हाकिमलाई कार्यपालिकाले सोध्यो ३ दिने स्पष्टिकरण

Next Post

अझै कसलाई थाह छैन र तिम्रो मुख्य पीर के हो

Next Post

अझै कसलाई थाह छैन र तिम्रो मुख्य पीर के हो

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal