Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सञ्चारमन्त्री शर्मा र काठमाडौंका मेयर बालेन शाहबीच भेटवार्ता 

Public Dristi by Public Dristi
फेब्रुअरी 26, 2023
in राजनीति
11
0
8
SHARES
13
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र(बालेन) शाहबीच आज भेटवार्ता भएको छ ।

उक्त भेटमा मेयर बालेनले सञ्चार क्षेत्रको नियमन गर्न र काठमाडौंको अव्यवस्थित तारहरूलाई व्यवस्थापन गर्ने विषयमा छलफल भएको मेयरको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘पहिलो, काठमाडौं महानगरभित्रको तार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि माननीय मन्त्री र मेयरबीच छलफल भएको छ । अव्यवस्थित तारले सहरको सुन्दरता नै घटाएको हुँदा, त्यसलाई कसरी नियमन गर्दै व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको,’ मेयरको सचिवालयले उल्लेख गरेको छ ।

यस्तै जवाफमा मन्त्री शर्माले यसलाई नियमन गर्ने ऐन बनिरहेको र त्यसलाई चाँडै समितिमा पठाउने कुरा गर्नुभएको छ । त्यसअघि हाल मौजुदा कानुन र श्रोत साधनलाई प्रयोग गरी मन्त्रालयको संयोजनमा सरोकारवालाहरूसँग छलफल गरेर तत्कालै तारलाई कसरी व्यवस्थित गरेर सहरको सुन्दरता बढाउने भन्ने विषयमा पनि छलफल भएको बालेनको सचिवालयले जनाएको छ ।

यस्तै, जनताले पाउने सही सूचनाको हक सुनिश्चितता हुनुपर्ने र व्यापक रुपमा बढिरहेको भ्रामक समाचारलाई कसरी नियमन गर्ने भन्ने विषयलाई लिएर पत्रपत्रिका, टेलिभिजन, रेडियो, सामाजिक सञ्जाल, यूट्यूबलाई व्यवस्थित गर्नेबारे पनि छलफल भएको बताइएको छ ।

त्यस्तै, राज्यको मातहतमा नआएको कर पनि संकलन गर्न सकिने कुरा पनि छलफल भएको उल्लेख छ । साथै, गुगल, फेसबुक, ट्विटर, यूट्यूब लगायतका सञ्जालहरूको नेपालमा कार्यालय खोल्न पहल गर्ने विषयमा र राज्यसँग भएको डाटालाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने पनि कुरा पनि छलफल भएको बालेनको सचिवालयले जनाएको छ ।

Previous Post

पल शाहले पाए उच्च अदालतबाट सफाइ, भोलि रिहा हुने

Next Post

जहाजहरु नेपाली आकाशमा फन्को मार्दै, अवतरण गर्न सकिएन

Next Post

जहाजहरु नेपाली आकाशमा फन्को मार्दै, अवतरण गर्न सकिएन

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal