Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नागरिक उन्मुक्तिलाई फकाउन मुख्यमन्त्री शाह रेशमको घरमा-अछाम टुडे

Public Dristi by Public Dristi
फेब्रुअरी 12, 2023
in विशेष, स्थानीय
11
0
8
SHARES
13
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः नागरिक उन्मुक्ति पार्टीलाई फकाउन मुख्यमन्त्री कमलबहादुर शाह आज रेशम चौधरीको घरमै पुगेका छन्। नवनियुक्त मुख्यमन्त्री शाह विश्वासको मतका चौधरीको घरमै पुगेका हुन्।

नागरिक उन्मुक्तिको साथ नपाएपछि एक महिनामै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको मुख्यमन्त्री पद गुमेका बेला नवनियुक्त मुख्यमन्त्री शाह अहिलेदेखि नै लविङमा लागेका छन्। नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्री शाहलाई समर्थन नगरे उनको मुख्यमन्त्री पद पनि धराप पर्ने भएपछि त्यसका लागि माहोल बनाउन मुख्यमन्त्रीमा नियुक्त शाह चौधरीको घरमा पुगेका छन्।

नेपाली कांग्रेस रेशम चौधरीको रिहाइको मागमा सकरात्मक रहेको देखाउँदै उन्मुक्तिलाई आफूतिर तान्ने नयाँ रणनीतिमा शाह देखिएका छन्। ८ जना मानिसको ज्यान जाने गरी भएको टीकापुर घटनामा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका चौधरीलाई रिहा गर्न आफूले पहल गर्ने मुख्यमन्त्री शाहले प्रतिबद्धता जनाएका छन्।

कैलालीको जानकी गाउँपालिका–६ स्थित जगतपुरस्थित चौधरीको घरमा उनकी आमा सुल्फीदेवी चौधरीलाई मुख्यमन्त्री शाहले भेटेका छन्। टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको बताउँदै उनले रेशम चौधरीलाई जेलमुक्त गर्न पहल गनेै प्रतिबद्धता जनाए। शनिबार बिहान उनले चौधरीकी आमा र परिवारका अन्य सदस्यलाई घरमा गएर भेटेका हुन्। मुुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने घरपरिवारलाई आश्वासन् दिए।

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए। उनलाई समर्थन गरेको नागरिक उन्मुक्ति विश्वासको मत भने दिएन। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका शाह सुदूरपश्चिमको तेस्रो मुख्यमन्त्री नियुक्त भएका हुन्।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउनका लागि २७ सांसद आवश्यक पर्छ। कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसंग अहिले २३ सांसद छन्। उनीहरुलाई सरकार टिकाइराख्न नागरिक उन्मुक्ति वा माओवादीले समर्थन गर्नुपर्ने हुन्छ। मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत नपाए नवनियुक्त मुख्यमन्त्री शाह पनि पदमुक्त हुनेछन्। यस कारण पनि उनले नागरिक उन्मुक्तिलाई आफुतिर तान्ने कोशिस गरिरहेका छन्। तर नागरिक उन्मुक्तिले भने कसैलाई पनि विश्वासको मत नदिने बताउँदै आएको छ।

Previous Post

आज – २९ माघ २०७९ आइतवार, यस्तो छ तपाईँको राशिफल-अछाम टुडे

Next Post

प्रधानमन्त्री प्रचण्ड सोमबार सुदूरपश्चिम आउँदै

Next Post

प्रधानमन्त्री प्रचण्ड सोमबार सुदूरपश्चिम आउँदै

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal