Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कर्णालीको विज्ञ समूह के गर्दै छ ?

Public Dristi by Public Dristi
फेब्रुअरी 10, 2021
in प्रदेश
8
0
6
SHARES
10
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुर्खेत । कर्णाली प्रदेशमा विकासको ‘रोल मोडल’ तयार गर्न २०७४ सालको पुस महिनामा प्रदेश सरकारले विज्ञ समूह गठन ग¥यो ।

प्रदेश सरकारले विज्ञ समूहकै सदस्यहरुमध्येबाट प्राध्यापक डाक्टर पुण्यप्रसाद रेग्मीलाई प्रदेश योजना आयोगको उपाध्यक्ष समेत बनायो । तर, उक्त योजना आयोगले बनाएका योजनाहरु प्रदेश सरकारले नै लागू गर्न चाहेन ।

जसका कारण विज्ञ समूह अहिले भुमिका विहीन जस्तै बनेको छ । आयोगले बनेका योजना नै सरकारले सम्बोधन नगरेपछि रेग्मीले असन्तुष्ट व्यक्त गरे । हाल रेग्मी कृषि तथा वन विश्वविद्यालयका उपकुपति पदम नियुक्त भएका छन्।

विज्ञ समूहबाट उचीत सर–सल्लाह प्रदेश सरकारले नलिएको आयोगका सदस्यहरुको भनाई छ । रणनीतिक योजना निर्माणमा विज्ञ समूहबाट सुझाव लिइएको भएपनि त्यसको व्यवहारिक कार्यान्वयन प्रभावकारी रुपमा नभएको आयोगले बताएको छ ।

सुरु–सूरुका दिनहरुमा केही सुझावहरु राखेपनि अहिले प्रदेश सरकारले कुनै भूमिका नदिएको आयोगका सदस्य डा. कृष्णप्रसाद पौडेलले बताए । ‘उहाँहरु आफ्नै रस्सा–कस्सीमा हुनुहुन्छ, हामी पनि आ–आफ्नै कामममा छौँ’ उनले भने, ‘हिजो–आज कुनै समन्वय भएको छैन ।’

हाल योजना आयोगको उपाध्यक्षमा सर्वराज खड्का नियुक्त भएका छन् । खड्का आइसकेपछि विज्ञसमूहको कुनै बैठक बसेको छैन ।

आर्थिक विकास विज्ञ डा.सुरेन्द्र उप्रेतीले प्रदेश सरकारले केही हदसम्म काम गरेता पनि रणनीतिक रुपमा कसरी लिन सकिन्छ भन्ने विषयमा प्रभावकारीता नदेखाएको बताए । ‘विगतका बर्षमा कर्णालीले जति लक्ष्य राखेको थियो । त्यो अनुसार काम गर्न सकेन् । केही हदसम्म गरेकै हो यद्यपी दावी गर्ने ठाउँ छैन्’ उनले भने ।

आवाश्यकताका आधारमा विज्ञ समूहबाट सुझाव लिने काम गरिएको प्रदेश सरकारका प्रवक्ता समेत रहेका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले दाबी गरिन् । ‘विज्ञ समूहलाई कुनै पनि आर्थिक सुविधा नदिएका छैनौँ । आवश्यकताका आधारमा सरकारले सुझाव लिइरहेको छ,’ उनले भनिन् । बैठक कहिले काठमाडौँ बस्छ, कहिले सुर्खेत बसिरहेको छ’

किन गठन गरिएको थियो विज्ञ समुह ?
मानव सूचाङ्कको आधारमा विकासमा सबैभन्दा पछाडि परेको कर्णाली प्रदेशको समग्र विकासको लागि सरकारले विज्ञ समूह गठन गरिएको थियो ।

मन्त्रीपरिषद बैठकले नै ११ सदस्यीय एकिकृत कर्णाली विकासका लागि विज्ञ समुह’ गठन गरेको हो । जसमा नेकपाका नेता एवम् पूर्व गृहमन्त्री जनार्दन शर्मा समेत रहेका थिए ।

त्यसैगरी समूहको अन्य विज्ञहरुमा प्रशासन तथा विकासतर्फ बालानन्द शर्मा, स्वास्थ्य तथा बैदेशीक सम्बन्धमा डा. सुरेश तिवारी छन् ।

त्यस्तै कृषि तथा तथा अर्थतर्फ डा. पुण्य रेग्मी, विज्ञान तथा प्रविधीमा डा. कृष्णप्रसाद पौडेल, सुरक्षामा सुरेन्द्र विक्रम शाह, कानून विज्ञका रुपमा मुक्ती प्रधान र गोविन्द वन्दी, पूर्वाधार विकासमा डा. पदम शाही, शिक्षा तथा ग्रामिण विकासतर्फ डा. कुसेन्द्र महत र आर्थिक विकासमा डा.सुरेन्द्र उप्रेधीलाई सरकारले विज्ञका रुपमा छनौट गरिएको थियो ।Dullu khabar

Previous Post

कैलालीमा ४१ हजार नगदसहित ३ जुवाडे पक्राउ

Next Post

मञ्चबाटै प्रचण्डले भने,केपीजी, देख्नुभयो विरोध प्रदर्शन कस्तो हुन्छ ?

Next Post

मञ्चबाटै प्रचण्डले भने,केपीजी, देख्नुभयो विरोध प्रदर्शन कस्तो हुन्छ ?

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal