Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

Public Dristi by Public Dristi
फेब्रुअरी 8, 2023
in विशेष
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिनुहुने भएको छ ।

प्रदेशसभाका सचिव देवबहादुर बोगटीले आज अपराह्न बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिनुहुने कार्यसूची रहेको जानकारी दिनुभयो । प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले आज विश्वासको मत लिन लाग्नुभएको हो । त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ ।

सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने नदिनेबारे हालसम्म टुङ्गो लागेको छैन । रावलको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले आजसम्म पूर्णता पाउन सकेको छैन । बिनाविभागीय मन्त्री खगराज भट्ट र सन्तोषी थापा शर्माको मन्त्रालय पनि तोकिएको छैन ।

नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आजसम्म सरकारलाई विश्वासको मत दिने आधार तयार नभएको बताउनुभयो । सो पार्टीले टीकापुर घटनाका बन्दी रिहाइको माग गर्दै आएको छ । एमालेका युवा नेता एवं प्रदेशसभा सदस्य धर्मराज पाठकले भने मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशसभामा सत्तापक्षीय नेकपा (एमाले)का दश, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक दश, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सदस्य हुनुहुन्छ । विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सदस्य हुनुहुन्छ ।

Previous Post

ओली लाई भट्न प्रचण्ड बिहनै बालकोट

Next Post

कुईकामा विवाह गर्न वडा सरकार बाट स्वीकृति अनिवार्य-अछाम टुडे

Next Post

कुईकामा विवाह गर्न वडा सरकार बाट स्वीकृति अनिवार्य-अछाम टुडे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal