Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सुदूरपश्चिममा झण्डै एक लाख मानिसलाई पहिलो चरणमा खोप लगाइने

Public Dristi by Public Dristi
जनवरी 13, 2021
in विशेष
25
0
20
SHARES
32
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सरेन जैरू: धनगढीः सुदूरपश्चिमका झण्डै एक लाख मानिसलाई पहिलो चरणमा कोरोना भाइरस विरुद्धको खोप दिने तयाारी गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारको समन्वयमा कोरोना भाइरस विरुद्धको खोपको व्यवस्था गरेर कुल जनसंख्याको ३ प्रतिशतलाई खोप दिनेगरि आवश्यक तयारी थालिएको हो।

सोही अनुसार खोप आपुर्ति तथा भण्डारणको व्यवस्था मिलाउन प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र लगायतका निकायले आवश्यक प्रक्रिया थालिएको जनाएका छन्। खोप लगाउन पहिलो प्राथमिकतामा राखिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुको तथ्याङ्क संकलनको काम पनि थालिएको छ। छिमेकी मुलुक भारतले नेपाललाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने भएपछि संघीय सरकारले आवश्यक तयारी थालेका बेला सुदूरपश्चिममा समेत भण्डारण तथा आपुर्ति लगायतका काम थालिएको हो।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुखसमेत रहेका प्रवक्ता नरेन्द्र कार्कीले सरकारले कुन खोप ल्याउने भन्ने निर्णय गरेको अवस्था नभएपनि भण्डारणका लागि कोल्ड स्टोर निर्माण, अग्र मोर्चामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको तथ्याङ्क संकलन गरि लगत माथिल्लो निकायलाई पठाउने काम भइरहेको बताए।

प्राथमिकता क्रमका आधारमा पहिलो चरणमा अग्रपङ्तीमा काम गर्ने सरकारी तथा निजी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफ नर्स र महिला स्वास्थ्य स्वयम् सेविकालाई खोप लगाइनेछ। सोही आधारमा अहिले खोप लगाउन इच्छुक व्यक्तिको नाम संकलन भइरहेको हो।

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले पहिलो चरणमा प्राथमिकता क्रममा परेका सहित सुदूरपश्चिमको कुल जनसंख्याको करिब ३ प्रतिशत अथात् २८ लाखको करिब १ लाख मानिसलाई खोप उपलब्ध हुने बताए। ूदोस्रो चरणमा थप २० प्रतिशत जनसंख्या अथवा करिब ५ लाख ६० हजार मानिसलाई खोप लगाइने छू, उनले भने, “पहिलो चरणमा उपलब्ध हुने खोप भण्डारण क्षमता रहेको भएपनि दोस्रो चरणको खोप भण्डारण गर्न पूर्वाधार निर्माणको प्रक्रिया थालिएको छ।” खोप भण्डारणका लागि निश्चित तापक्रम आवश्यक पर्ने भएकाले सोही अनुसारका संरचना निर्माण गर्नुपर्ने भएकाले अहिले सरकारी अधिकारीहरुले नेपाली सेनासँगको समन्वयमा अध्ययन समेत थालिएको सूचना अधिकारी श्रेष्ठले बताए।

भारतसहित विभिन्न देशमा कोरोना भाईरसविरूद्ध बनेका विभिन्न खोपको परीक्षण, अध्ययन तथा अनुसन्धान अनुसार यी खोपहरू कोभिडको संक्रमण रोक्न ९५ प्रतिशत प्रभावकारी देखिएको दावी गरिदैँ आएको छ। सेती प्रादेशिक अस्पतालको कोभिड १९ विभाग प्रमुख एवम् फिजिसियन, डा. शेरबहादुर कमरले सफल परीक्षण भएका खोप लगाएमा केही हदसम्म संक्रमण नियन्त्रण गर्न सकिने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आइतबार राष्ट्रियसभा बैठकमा कोभिड-१९ विरूद्धको खोप सरकारले छिटै ल्याउने बताएका थिए। खोप आयात भएको एक साता भित्रमा वितरण गरिने दावी गरिएको छ। तर खोप कहिलेसम्म नेपाल आउँछ भन्ने टुङ्गो भने अझै लागेको छैन।

Previous Post

८ कक्षामा पढ्ने विद्यार्थीसँग भागिन् शिक्षिका -अछाम टुडे

Next Post

माघ १ गते, बिहीवार कस्तो रहन्छ राशिफल यता हेर्नुहोस-अछाम टुडे

Next Post

माघ १ गते, बिहीवार कस्तो रहन्छ राशिफल यता हेर्नुहोस-अछाम टुडे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal