Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पुस २४ गते, शुक्रवार राशिअनुसार प्रत्यकको राशिफल हेर्नुहोस -अछाम टुडे

Public Dristi by Public Dristi
जनवरी 8, 2021
in सूचना प्रविधि
126
0
97
SHARES
156
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

२०७७ पुस २४ गते, शुक्रवार, ८ जनवरी २०२१। पौष कृष्णपक्ष, दशमी तिथि, स्वाती नक्षत्र , चन्द्रराशि– तुला।

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
केही खर्च लागे पनि मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक असुविधाले दुःख पाइनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ। तर बलजफ्तीले समस्या निम्त्याउन सक्छ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
द्वेष तथा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्। केही चुनौतीपूर्ण परिस्थिति सामना गर्नुपर्ला। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ला। लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। प्रतिफल प्राप्त गर्न समय लाग्नेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
व्याहारिक समस्याले योजना स्थगन हुने देखिन्छ। मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। फाइदा लिन समय प्रतीक्षा गर्नुपर्ला। अध्ययनमा समय दिन नसकिएला।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हतारमा गरिएको निर्णयले समस्या निम्त्याउन सक्छ। साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला।केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। कृषि तथा पशुपालनबाट पनि सामान्य फाइदा मिल्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर प्राप्त भए पनि परिस्थिति सहज नरहला। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। काम बने पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना थाल्न समस्या पर्नेछ। व्याहारिक अलमलले पनि आँटेका काममा बाधा पुर्याउन सक्छ।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। आर्थिक पक्षमा ठूलो उपलब्धि नभए पनि ज्ञानलाई निखार्ने अवसर भने प्राप्त हुनेछ।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। आकर्षक उपहारले उत्साह जगाउनेछ। भैपरी आउने समस्या समाधान हुनेछन्। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका आफन्तजन भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। खर्चिलो कामका लागि नगद जुटाउन कर्जा लिनुपर्ने हुन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ। खर्च लागे पनि प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रयत्न गर्दा विभिन्न स्रोत–साधन जुट्नेछन्। आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल प्राप्त हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ। आर्थिक फाइदा कमै भए पनि कामले ज्ञान दिलाउनेछ। आफ्नो कमजोरी बाहिरिनाले आलोचक बढ्न सक्छन्। स्वाभिमानमा दाग लाग्न सक्छ। लगनशीलताले मात्र लक्ष्यमा पुग्न सकिनेछ। अरूको उपकार गर्न सकिनेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर र चुनौती एकसाथ आउने हुँदा सावधानीसाथ काम लिनुपर्नेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काम दोहोर्याउन समय प्रतीक्षा गर्नुपर्ला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। गोप्य रहस्य पत्ता लाग्नेछ भने अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। विश्राम र आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले पछिका लागि काम दोहोर्याउनुपर्ला। समस्या देखाउँदा सहयोग जुट्नेछ। श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त हुनेछ। नयाँ लगानीतर्फ भने जोखिम बढ्ने समय छ। गोपनीयतामा सजग रहनुहोला।

Previous Post

न्युज २४ टेलिभिजनबाट बाहिरिए रवि लामिछाने

Next Post

प्रधानमन्त्री धनगढी आउदै ठूलो संख्यामा प्रहरी परिचालन

Next Post

प्रधानमन्त्री धनगढी आउदै ठूलो संख्यामा प्रहरी परिचालन

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal