Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

विद्यार्थी अभावमा बैतडीमा विशेष शिक्षा बन्द- अछाम टुडे

Public Dristi by Public Dristi
जनवरी 2, 2021
in समाज
25
0
19
SHARES
31
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बैतडी-विद्यार्थीे अभावमा बैतडीमा विशेष शिक्षा बन्द भएको छ ।जिल्लाको सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका दुई विद्यालयमा सञ्चालनमा रहेको विशेष शिक्षा बन्द भएको हो।सुर्नयामा रहेको शङ्कर संस्कृत मावि मुलखटाली र सिगासमा रहेको आधारभूत विद्यालय दोरामा विशेष शिक्षा बन्द भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिए ।

विसं २०६१ देखि विशेष शिक्षा सञ्चालनमा रहेको भए पनि विद्यार्थीको अभावमा बन्द भएको हो । उनले भने, “अपाङ्गता भएका विद्यार्थीलाई शिक्षा दिनका लागि विशेष शिक्षाको अवधारणा आएको भएपनि विद्यार्थीको अभाव देखाउँदै विशेष शिक्षा बन्द भएको छ ।” पछिल्लो समयमा कोरोना भाइरसका कारणसमेत विशेष शिक्षाका लागि विद्यार्थी खोज्न नसकेको सम्बन्धित विद्यालयले जनाएका छन् ।

एकातिर अपाङ्गता भएका विद्यार्थीको शिक्षामा पहुँच पुग्न सकेको छैन भने अर्कोतिर अपाङ्गता भएका विद्यार्थीका लागि खोलिएको विशेष शिक्षा बन्द भएको छ । अपाङ्गता भएका विद्यार्थीलाई विद्यालय पुग्नका लागि सहज वातावरण नै नबनेको जिल्ला अपाङ्ग सङ्घका उपाध्यक्ष लक्ष्मी विष्टले बताए ।

उनले भने, “अपाङ्गता भएका विद्यार्थीका लागि अपाङ्गमैत्री संरचना नहुँदा झन समस्या छ, विशेष शिक्षामा अपाङ्गता भएका विद्यार्थीको पहुँच नै पुग्न सकेको छैन ।”

अपाङ्गता भएका विद्यार्थीका लागि सरकारले शिक्षामा पहुँच पु¥याउने नीति लिएको भएपनि सो नीतिअनुसार काम हुन नसकेको उनीहरुको गुनासो रहेको छ । अपाङ्गता भएका विद्यार्थीलाई शिक्षा दिनका लागि विशेष शिक्षाको अवधारणा ल्याइएको हो ।

Previous Post

तिब्बतबाट आएका लुटेराहरूले गुम्बामा रहेको सयौं वर्ष पुरानो बहुमूल्य मूर्ति लुटे-अछाम टुडे

Next Post

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बोलाए संसदीय दलको बैठक

Next Post

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बोलाए संसदीय दलको बैठक

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal