Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बझाङमा आमासँगै छोरी रोहिणीको पनि एकै चिहान

Public Dristi by Public Dristi
जनवरी 1, 2025
in विशेष, स्तानिय समचार
10
0
7
SHARES
11
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बझाङमा जन्मदिने आमाको परलोक भएपछि छोरीको पनि मृत्यु भएको छ। गत शनिबार जिल्लाको थलारा गाउँपालिका–९ आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको सडकमाथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको थियो। आमाको मृत्युपछि २५ वर्षीया छोरी रोहिणीको पनि मृत्यु भएको छ। आमाको दुर्घटनाको खबर सुन्ने बित्तिकै कैलालीको धनगढीबाट रोहिणी आइतबार साँझ बझाङ पुगेकी थिइन्। उनले आमाको शव हेर्न निकै जिद्दी गरेकी थिइन।

आमाको पार्थिव शरीर देख्ने बित्तिकै उनी बेहोस भइन्। ‘बेहोस भएपछि स्वास्थ्यकर्मी बोलाएर घरमै उपचार गरायो। स्लाइन पानी चढाएपछि केही बेर होसमा आएपनि रोहिणी फेरि बेहोस भएकी थिइन। सोमबार दिउँसो बेहोस अवस्थामा जिल्ला अस्पताल चैनपुरमा उपचारको क्रममा मृत्यु भएको हो। आमाको अन्त्येष्टि नहुँदै छोरीको पनि मृत्यु भएको हो।

सोमबार साँझ सेती नदीको आमबगर घाटमा आमाछोरीको एकैपटक दाहसंस्कार गरिएको छ। आमा–छोरीको मृत्युसँगै गाउँ शोकमा डुबेको छ। दुई दशकदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत पञ्चमालाको मृत्युमाथि छोरी रोहिणीलाई पनि गुमाउनुको पीडा थपिएको स्थानीय बताउँछन्। रोहिणी स्नातकतह तेस्रो वर्षमा अध्ययनरत थिइन।

१५ दिनअघि मात्रै रोजगारीका लागि दुबई पुगेका जगतप्रशाद जोशी श्रीमतीको मृत्युपछि घर पुग्न नपाउँदै छोरीलाई पनि गुमाउँन पुगेका छन्। यस्तो दुःखद घटनाले आमबगर गाउँ शोकमा डुबेको छ। स्थानीयहरूका अनुसार पञ्चमाला जोशी सामाजिक सेवामा सक्रिय महिला थिइन्। उनकी छोरी रोहिणी पनि उज्ज्वल भविष्यका लागि संघर्षरत विद्यार्थी थिइन्।

Previous Post

Next Post

अस्ट्रेलिया जान झापाबाट बिदा भएर आएका थिए दम्पती, कुकुरलाई बचाउन खोज्दा दुर्घटना

Next Post

अस्ट्रेलिया जान झापाबाट बिदा भएर आएका थिए दम्पती, कुकुरलाई बचाउन खोज्दा दुर्घटना

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal