Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

डोटीमा दोस्रो खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता हुँदै

Public Dristi by Public Dristi
मार्च 12, 2023
in खेल
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

डोटीः नेपाली सेनाको भैरवप्रसाद गणले डोटीमा दोस्रो खप्तड शैलेश्वरी खुल्ला म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ। खप्तड क्षेत्रमा २०८० जेठ १६ गते लाग्ने गङ्गा दशहरा मेलाको अवसरमा सो प्रतियोगिता आयोजना गर्न लागिएको भैरवप्रसाद गणका गणपति (प्रमुख सेनानी) जनमतबहादुर कार्कीले बताए।

सुदूरपश्चिमका चार जिल्ला डोटी, अछाम, बाजुरा र बझाङको सीमाक्षेत्रमा रहेको भू–स्वर्गको उपमाले परिचित खप्तड क्षेत्रमा शुक्लपक्षको दशमीमा गङ्गा दशहरा मेला लाग्ने गर्छ। सोही अवसरमा खप्तड शैलेश्वरी खुला म्याराथन प्रतियोगिता (पुरुष र महिला) का साथै भलिबल, देउडा, घोडादौड प्रतियोगिता पनि आयोजना गरिने उनले बताए।

पुरुषतर्फको म्याराथन प्रतियोगिता खप्तडदेखि सिलगढीस्थित शैलेश्वरी मन्दिरसम्म ४२ किलोमिटर रहनेछ भने महिलातर्फको झिङ्ग्रानादेखि सिलगढी शैलेश्वरी मन्दिरसम्म २१ किलोमिटर रहनेछ।
म्याराथनमा पुरुषतर्फ प्रथम हुनेले एक लाख ५० हजार र महिलातर्फ प्रथम हुनेले ५० हजार पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै पुरुषतर्फ द्धितीयले ८० हजार, तृतीयले ५० हजार पाउनेछन् भने महिलातर्फ द्वितीयले ३० हजार, तृतीयले २० हजार पाउने छन्। त्यस्तै भलिबल प्रतियोगितातर्फ प्रथम हुनेलाई ५० हजार, द्धितीयलाई ३० हजार र तृतीयलाई २० हजार पुरस्कार दिइनेछ भने घोडा डौडतर्फ प्रथम हुनेलाई ३० हजार, द्धितीयलाई १५ हजार र तृतीयलाई पाँच हजार तथा डेउडा प्रतियोगितामा प्रथम हुनेलाई एक लाख पुरस्कारको व्यवस्था गरिएको सेनाले जनाइएको छ।

उक्त प्रतियोगितामा खप्तड पर्यटन विकास समिति, स्थानीय सरकार, विभिन्न सङ्घ संस्था, उद्योग वाणिज्य सङ्घले सहयोग गर्ने भएका छन्। म्याराथन बाहेकका सबै प्रतियोगिता गङ्गा दशहरा मेलाभन्दा अगाडि सम्पन्न हुनेछन्। म्याराथन प्रतियोगिता भने मेलाको भोलिपल्ट जेठ १७ गते हुनेछ।

Previous Post

उपराष्ट्रपति निर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशित

Next Post

आज शीतल निवास छाड्दै विद्यादेवी भण्डारी 

Next Post

आज शीतल निवास छाड्दै विद्यादेवी भण्डारी 

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal