Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बाढीबारे थाहा पाउन ११५५ मा फोन गर्नुहोस्

Public Dristi by Public Dristi
जुन 16, 2021
in मौसम
5
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाण्डौ – मनसुन सुरु भएसँगै बाढी पहिरोका घटना बढ्न थालेका छन् । आइतबारदेखिको झरीले देशका धेरै नदी खोलामा बाढी आएको छ । अझै केही दिन ठूलो पानी पर्ने सम्भावना भएकाले बाढीको जोखिम अझै बढ्ने मौसमविदले बताएका छन् ।

बाढी पहिरोबाट हुने जनधनको क्षति रोक्न पूर्व सूचना प्रणालीलाई व्यवस्थित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार वर्षा र बाढीबारेको जानकारी थाहा पाउन ११५५ नम्बरमा फोन गर्न सकिन्छ । यस्तै ११४९ नम्बरमा फोन गरेर उद्धारको लागि सहायता माग्न सकिन्छ ।

यस वर्ष बाढी तथा पहिरो दुवैको पूर्वानुमान गर्न सकिनेगरी प्रणालीको विकास गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पहिलेका वर्षहरुमा बाढीको मात्र पूर्वानुमान गर्ने गरिएकोमा यस वर्षदेखि पहिरोको पनि पूर्वानुमान गर्न सकिने सूचना प्रणाली विकास गरिएको छ । पहिरोको अति जोखिम रहेका नौ जिल्लामा यो प्रणाली विकास गरिएको पनि प्राधिकरणले जनाएको छ ।

यो प्रणालीबाट जोखिममा रहेका जिल्लामध्ये कुनकुन ठाउँमा पहिरोको जोखिम बढी छ र त्यहाँ कति पानी पर्दा पहिरो जान सक्छ भन्ने यकिन गर्न सक्छ । यकिन भैसकेपछि सूचना एकीकृत गरी राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्र हुँदै जिल्ला र स्थानीय तहसम्म घटनाको सम्भावनाबारे जानकारी दिने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । यसरी पूर्वानुमान भएसँगै जोखिम क्षेत्रमा रहेका व्यक्तिलाई त्यहाँबाट अन्यत्र व्यवस्थापन गर्नेगरी तयारी गरिएको छ ।

यस्तै जल तथा मौसम विज्ञान विभागको वेबसाइटमार्फत वर्षा र बाढीको अवस्था तथा पूर्वानुमान पनि दिने गरिएको छ । बाढी सम्भावित क्षेत्रमा साइरन बजाएर तथा एसएमएस पठाएर पनि सावधानी अपनाउन आग्रह गर्ने गरिएको विभागले जनाएको छ । यस वर्ष देशभर गएको वर्षभन्दा बढी पानी पर्ने मौसमविदले यसअघि नै बताइसकेका छन् । दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, डोटी, दैलेख, डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, अर्घाखाँची, बागलुङ, भोजपुर, धादिङ, गोर्खा, गुल्मी, इलाम, काभ्रेपलाञ्चोक, कास्की, खोटाङ, लमजुङलगायतका जिल्लामा पहिरोको जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार कञ्चनपुर, कैलाली, बाँके, दाङ, रौतहट, सिरहा, सप्तरी, पर्सा, मोरङ, चितवनलगायतका अधिकांश जिल्लामा बाढी तथा डुबानको जोखिम रहेको छ ।

Previous Post

महाकालीमा भारतीय ज्यादतीः रोक्ने पहल गर्न गृहद्धारा परराष्ट्र मन्त्रालयलाई पत्राचार

Next Post

कर्मवीर बनौ, संगठनलाई आगोको झिल्का जस्तै फैलाउ – सम्राट सिंह

Next Post

कर्मवीर बनौ, संगठनलाई आगोको झिल्का जस्तै फैलाउ – सम्राट सिंह

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal